२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा २ मा डा माधवी भट्ट पराजुलीको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा माधवी भट्ट पराजुलीले गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसै क्षेत्र बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले पनि मनोनयन दर्ता गराउनु भएको छ । मनोनयन दर्ता पछि भट्टले भन्नुभयो “गोरखाले मलाई यस पटक न्याय गर्छ ।”

गोरखामा उम्मेदवार बन्ने घोषणा संगै केही दिन अघि भट्टले सामाजिक संञ्जालमा लेख्नुभएको थियो-

प्रचण्ड विरुद्द मेरो उम्मेदवारी !!
गोरखाले मलाइ न्याय गर्नेछ ।

गोरखा क्षेत्र नं २ वाट प्रचण्ड विरुद्ध उम्मेदवारी दिने निर्णय गरेको छु । जिल्लाको विकास निर्माण र द्वन्द्वकालीन अपराधका विषय मुख्य मुद्दा बनाउनेछु ।गोरखा क्षेत्र नं २ मेरो जन्मस्थान मात्र होइन ।

त्यहाँको नेपाली काँग्रेस पार्टी निर्माण गर्न मेरो स्वर्गीय पिताजी रोहिणी भट्टको २००४ सालदेखिको त्याग तपस्या र बलिदानी छ । बिस २०५१ सालमा राष्ट्रिय सभा सदस्य बन्नुभएको मेरो बुबाले करिब १० वर्ष भारतमा प्रवास र पटक पटक नेपालको जेल जीवन बिताउनु भएको छ । म त्यही हुर्के बढेको हुँ ।

मलाइ लाग्छ निष्ठावान् व्यक्तिहरूले अहिंसाका पक्षधर मेरो पिताको सङ्घर्षपूर्ण सुस्केराहरूलाई भुलेका छैनन् । मेरो क्षमता र निष्ठालाई अनुमोदन गर्नेछन् भन्ने विश्वास लिएको छु ।

असल र संघर्षशील मानिसहरूको राजनीतिक जीवन हत्या गर्न पार्टीका नेताहरू लाग्छन् भने अन्तरात्माको भाव सुनेर सही निर्णय लिन पछि हट्न हुन्न । बिपीले भन्नुभएको छ गलत कामको विरुद्ध बोल्न नसक्नेहरू कार्यकर्ता होइनन् दास हुन । मैले दास बन्न चाहिन ।

जय नेपाल




भर्खरै