२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ पदका लागि १२२ को उम्मेदवारी



अ+ अ-

चितवन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा एक सय २२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्लाका तीन सङ्घीय निर्वाचन क्षेत्र र छ प्रदेश क्षेत्रका लागि उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ (क) मा ११ र प्रदेश (ख) मा १२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र नेकपा (एमाले)का तर्फबाट पार्टीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलले योजना आयोगबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका छन् ।

पाण्डेले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । पाण्डे आमाको किरियामा रहेका कारण उनका निजी सचिव सञ्जीप पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै राप्रपाबाट मधुपकुमार भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (क)मा ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं १ (ख) मा १२ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवीनराज रुवालीले जानकारी दिए ।

यस्तै चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनका लागि १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुमध्ये सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल र राप्रपाका तर्फबाट रविन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले समेत चितवन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभाका लागि क्षेत्र नम्बर २ (क) मा आठ जनाको र २ (ख) मा १४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनका लागि २१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डा भोजराज अधिकारी, एमालेका रामप्रसाद न्यौपाने र राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस क्षेत्रमा १२ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा आठ र क्षेत्र नम्बर ३ (ख)मा नौ जनाको उम्मेदवारी परेको छ ।

जिल्लामा हाल चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५, क्षेत्र नम्बर २ मा एक लाख २४ हजार दुई सय १४ र क्षेत्र नम्बर ३ मा एक लाख ४४ हजार दुई सय ८३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

जिल्लामा एक सय ६२ मतदान स्थल र चार सय ६० मतदान केन्द्र रहने छन् ।