२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकार्यमा नेपाली कांग्रेस बेइमान देखियो– पराजुली



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले निर्वाचन सहकार्यमा कांग्रेसले बेइमानगरेको जनाउनुभएको छ ।

सामाजिक सञ्जालमा पराजुलीले लेख्नुभएको छ, “सत्ता गठबन्धनमा सबैभन्दा बढी जिम्मेवारी, इमान्दारी र गठबन्धनको संस्कार र संस्कृति नेपाली कांग्रेसमा हुनुपर्दछ तर हिजो भएको उम्मेदवारी दर्तासम्म त्यो सहकार्यको बेइमान रुप नेपाली कांग्रेसमा देखियो, अझै समय छ बेलैमा सोच्नु नै नेपाली कांग्रेसका लागि हितकर छ ।”

पराजुलीले लेख्नुभएको छ –

ठूलो पार्टी र दल हुँ भन्नेले ठूलै इमान्दारीता, फराकिलो मान्यता, दृष्टिकोण र सहज सहकार्यको अनुभूति दिलाउन सक्नुपर्छ । सत्ता गठबन्धनमा सबैभन्दा बढी जिम्मावारी, इमान्दारी र गठबन्धनको संस्कार, संस्कृति नेपाली कांग्रेसमा हुनुपर्दछ तर हिजो भएको उम्मेदवारी दर्तासम्म त्यो सहकार्यको बेइमान रुप नेपाली कांग्रेसमा देखियो, अझै समय छ बेलैमा सोच्नु नै नेपाली कांग्रेसका लागि हितकर छ ।

कुनै दल ठूलो हुनु सानो हुनु यो नियमित प्रकिया जस्तै हो । अघिल्लो चुनावको नजिरलाई हेर्दा पनि हुन्छ । दम्भ, अंहकार रघमण्डले नै समाप्तीको दिशातिर लैजान्छ । वास्तविक धरातलको सम्मानका साथ सत्ता गठबन्धनलाई अघि बढौँ, सबैलाई चेतना भया । राजनीतिक स्थिरता नेपाली राजनीतिको अपरिहार्यता हो ।