२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीलाई मुलुककै नमूना जिल्ला बनाउन चाहन्छौँ– विष्णु पौडेल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही जिल्लालाई विकास दृष्टिले मुलुककै नमूना जिल्ला बनाउने बताउनुभएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएका पौडेलले भौतिक विकास, मानवीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका दृष्टिकोणले रुपन्देही जिल्लालाई देशको नमूना जिल्ला बनाउन सकिने बताउनुभयो ।

चुनाव प्रचार प्रसारका क्रममा बुटवलमा आयोजित समारोहमा उहाँले देशका अरु भागबाट विकास सिक्नका लागि रुपन्देही जानुपर्छ, बुटवल जानुपर्छ र निर्वाचन क्षेत्र नं २ मा जानुपर्छ भन्ने परिस्थिति निर्माण गर्ने हिसाबले काम गर्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले यही आत्मविश्वास, यही संकल्प र यही योजना बोकेर घरघरमा जनताका माझमा जाने र जनतासँग आफ्ना प्रस्ताव र अनुरोधहरु राख्ने बताउनुभयो । यसक्रममा उहाँले जनताका सुझाव र आलोचना पनि सुन्ने उल्लेख गर्नुभयो ।




भर्खरै