२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्सालस्थित होटेल क्राउन प्लाजामा एक युवतीको मृत्यु, २ पक्राउ



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौँ । काठमाडौँको नक्सालस्थित होटेल क्राउन प्लाजामा एक युवतीको मृत्यु भएको छ । उनको आगोबाट जलेर मृत्यु भएको हो । चाबहिल बस्ने २३ वर्षीय उनको आगोबाट जलेपछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा होटेलका दुई कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका–१४ का २६ वर्षीय केशव रिजाल रहेका छन् ।

होटेलमा आगोबाट जलेर घाइते भएपछि रिजालले ती युवतीलाई वीर अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि वीरले थप उपचारका लागि कीर्तिपुर अस्पताल रेफर गरेको थियो । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ती युवतीको सोमबार बिहान मृत्यु भएको हो । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा युवतीको शरीरमा पेट्रोल छर्किएर आगो लागेको देखिएको छ ।

सोमबार बिहान होटेलमा उक्त घटना भए पनि होटेलले घटनालाई गुपचुप राखेको थियो । प्रहरीलाई खबर नगरी गुपचुप राखेको भन्दै अनुसन्धानका लागि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

रिजाललाई होटेलमै बसेको र घटना घटाएको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । रिजाल र ती युवती प्रेमी–प्रेमिका भएको प्रहरीको आशंका छ । युवतीको शव सोमबार नै पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनीहरूलाई काठमाडौं प्रहरी वृत्त मालीगाउँको हिरासतमा राखिएको छ ।




भर्खरै