२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन ३ मा कांग्रेसका बागीलाई एमालेको समर्थन, लियो आफ्नो उम्मेदवारी फिर्ता



अ+ अ-

चितवन । नेकपा (एमाले) ले चितवन निर्वाचन क्षेत्र नं ३ मा आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गरेको छ ।

एमालेले सो क्षेत्रमा उम्मेदवार बनाएका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिन लगाएर सत्ता गठबन्धनबाट बागी उम्मेदवार बनेका कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको हो ।

चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको हो । उम्मेदवारी फिर्ताको पत्र आइसकेको भए पनि कार्यालयले निर्णय गरिनसकेको बताइएको छ ।

कोइराला मंगलबार बेलुकी एमाले अध्यक्ष ओलीसँग कुराकानी गर्न ओली निवास बालकोट पुग्नुभएको थियो । न्यौपाने एमाले चितवन जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । उहाँ पनि टिकट फिर्ता नलिने भन्दै अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नुभएको थियो । हाल उहाँ सम्पर्कमा नरहेको बताइएको छ ।

चितवन–३ बाट सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) ले डा भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।