२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन: डा. भट्टराई



बाबुराम भट्टराइ ( फाइल फोटो)
अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताउनुभयो ।

मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक भएको बताउँदै उहाँले ‘स्वतन्त्र उम्मेदवारी’ लोकतन्त्रविरोधी प्रवृत्ति रहेको बताउनुभयो । अहिलेको व्यवस्थामा दलको विकल्प अर्को दल हुने विचार व्यक्त गर्दै पार्टीको विकल्प खोज्दा निर्दलीय र अधिनायकवादीको उदय हुनसक्ने खतरा औँल्याउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठले देश, संविधान र लोकतन्त्र जोगाउन वाम–लोकतान्त्रिक गठबन्धनको भूमिका महत्वपूर्ण रहेकाले आसन्न निर्वाचनमा लोकतन्त्र र संविधान पक्षधरलाई जनताले विजयी गराउने बताउनुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ (ख)का उम्मेदवार अमिन पाण्डेले संविधानको रक्षा गरी प्राप्त उपलब्धि जोगाउन गठबन्धन गरिएको बताउनुभयो । प्रचार कार्यालयमार्फत अब चुनावकेन्द्रित प्रचारका काम गरिने कांग्रेस नेता लक्ष्मीराम शर्माले बताउनुभयो ।