२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नालापानी’ फिल्मलाई कर छुट गराउन पहल



file
अ+ अ-

काठमाडौँ । नालापानीको इतिहासमा फिल्म निर्माण भएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल –अङ्ग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गर्नुभएका वीर बलभद्र कुँवरको लडाइँमा आधारित रहेर निर्माण गरिएको ‘नालापानी’ लाई कर छुट गराउन पहल सुरू भएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालसँग भेट गर्दै कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गर्नुभएको छ । “ हाम्रो आग्रहमा सचिव ज्यूले अर्थ मन्त्रालयमा कर छुटको अनुरोधसहित पत्राचार गर्नुभएको छ । बोर्डले विशेष चलचित्र घोषणा गरी सम्मान गरिसकेकोले यो कर छुट योग्य छ,” बोर्ड अध्यक्ष केसीले भन्नुभयो । उहाँले हलमा देखाइने विज्ञापन लगायतका अन्य विषयमा सहजीकरणका लागि पहल गर्नुभएको छ ।

फिल्मका निर्माता तथा निर्देशक रिमेश अधिकारीले बोर्डले गरेको पहलले ऊर्जा मिलेको बताउनुभयो । “यो फिल्म मात्र नभइ नेपाली वीरताको इतिहास हो । यस्ता विषयवस्तुलाई फिल्म बनाउँदा अन्य देशमा राज्यले सेवा सुविधा दिने गरेका छन् । यहाँ पहल भएको छ । म जस्तै अन्य लगानी गर्न इच्छुक निर्मातालाई यसले अगाडि बढ्न सहयोग गर्छ,” उहाँले भन्नुभयो ।

सञ्चार मन्त्रालयमा सचिव, उपसचिव, सहसचिव र चलचित्र विकास बोर्डका अध्यक्षसहितको बैठकमा प्रवद्र्धन, स्थानीय सहितका विभिन्न कर छुटको सन्दर्भमा छलफल भएको निर्देशक अधिकारीले जानकारी दिनुभयो ।

नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाइँलाई अहिलेको पुस्तालाई देखाउन र बुझाउन फिल्म निर्माण गरेको निर्देशक अधिकारी बताउनुहुन्छ । “सीमित प्रविधि, बजारले गर्दा हाम्रो मेकिङमा असर गर्छ । यद्यपि हामीले सक्दो मेहनत गरेका छौँ,” उहाँले भन्नुभयो । उहाँले झण्डै नौ वर्ष लगाएर फिल्म तयार गर्नुभएको हो । लेखन तथा अनुसन्धानमा निर्देशक अधिकारीलाई कृष्ण आचार्यले सहयोग गर्नुभएको छ ।

प्रा डा धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र’ पुस्तकमा आधारित रहेर इतिहासविद् प्रा डा धनराज कुँवर, प्रा डा त्रिरत्न मानन्धर, प्रा दिनेशराज पन्त, प्रा डा सुरेन्द्र केसी, पूर्वसहायक रथी डा प्रेमसिंह बस्न्यातसँग छलफल गरेर नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ मा आधारित रहेर ‘नालापानी’ तयार पारिएको निर्देशक अधिकारीले बताउनुभयो ।

देशभक्त खनाल, अर्जुनजङ शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पुजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, इशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, सारिता राजोपाध्याय, लक्ष्मीनाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत विष्ट, युगजङ कार्की, सिमन खड्का, सुशील खड्का, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकार एन्ड्रोइन डङ्कन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतले अभिनय गर्नुभएको छ ।