२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाङ्ममय शताब्दी पुरुष जोशीको पार्थिव शरीर श्रद्धाञ्जली तथा राष्ट्रिय सम्मानका लागि ललितपुर महानगरपालिकाको प्रांगणमा राखिने



अ+ अ-

काठमाडौं । १०२ वर्ष ६ महिनाको उमेरमा प्राण त्यागेका संस्कृतिवीद् सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिकाको प्रांगणमा राखिने राष्ट्रिय सम्मान दिएपछि पार्थिव शरीर पुन: किस्ट अस्पतालमा ल्याइने भएकाे छ ।

इतिहास तथा संस्कृतिवीद् सत्यमोहन जोशीले धर्तिमा माइला टेकेको ठीक १०२ वर्ष ६ महिना प्रवेश गरेकै दिन अर्थात २०७९ साल असोज ३० गते आइतबार विहानै धर्ति त्यागेका छन् ।

पिता शंकरराज जोशी र माता राजकुमारी जोशीको जेठा छोराको रुपमा उनी १९७७ साल बैशाख ३० गते ललितपुरको बखुम्वहालमा जन्मेका थिए । किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्को, ललितपुरको सघन उपचार कक्षमा उपचाररत जोशीको आइतबार विहान निधन भएको अस्पतालका मेडिकल निर्देशक प्रा।डा।सुरज बज्राचार्यले जानकारी दिनुभयो ।

स्वास्थ्यमा सुधार देखिएपछि केहीदिन अघि उनलाई अस्पतालको डिलक्स क्याविनमा सारिएको थियो । तर उनलाई दिइएको एन्टिबायोटिक्सले काम नगरेपछि उनलाई फेरि सघन उपचार कक्षमै लगि थप उपचार थालिएको थियो ।

छातीमा निमोनिया संक्रमण र पिशाव थैलीमा संक्रमण देखिएपछि उनको उपचार भईरहेको थियो । असोज ७ गते उनलाई अस्पताल भर्ना गर्दा पिसावमा संक्रमण, मुटुको समस्याको साथै डेंगुको संक्रमण देखिएको थियोे ।

मरणोपरान्त आफ्नो मृत शरीर किस्ट मेडिकल कलेज शिक्षण अस्पताललाई दान दिने सार्वजनिक घोषणा गरिसकेका छन् ।