२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुदः महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमलाई



9th National Game Logo
अ+ अ-

कावासोती । पूर्वी नवलपरासीमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले हातपारेका छन् ।

मङ्गलबार भएको प्रतिस्पर्धामा विभागीय टोली नेपाली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले समान पाँच–पाँच स्वर्ण पदक हात पारेका हुन् ।

नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशका लागी ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा सङ्गिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।

कुस्तीमा महिलातर्फ विभिन्न १० वटा तौल समूहका खेलमा ५९ महिला खेलाडी सहभागी थिए । कावासोती–१६स्थित थारु राष्ट्रिय सङ्ग्रहालयको हलमा सञ्चालन भएको उक्त प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र, आर्मी र पुलिसका साथै सात प्रदेशका दश टोलीको सहभागिता थियो ।