२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुद: भारत्तोलनमा पुलिसलाई लगातार स्वर्ण



अ+ अ-

गण्डकी । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तलनतर्फ नेपाल पुलिसले स्वर्णको सङ्ख्या आठ पु-याएको छ । प्रतियोगितामा आर्मीले चार र सुदूरपश्चिमले एक स्वर्ण जितिसकेका छन् ।

नवौँ राष्ट्रियमा भारत्तोलनतर्फ २० स्वर्णसहित कूल ६० पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । भरात्तोलनतर्फ नेपाल पुलिस क्लब आठ स्वर्णसहित शीर्ष स्थानमा छ । मङ्गलबार नेपाल पुलिसका विकास थापाले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलन प्रतियोगिताको पुरुष ८१ केजी तौल समूहमा स्वर्ण जित्नुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको हलमा मङ्गलबार राति भएको प्रतिस्पर्धामा उहाँले स्न्याचमा एक सय १२ र क्लीन एण्ड जर्कमा एक सय ३९ गरी कूल दुई सय ५१ केजी भारवहन गर्दै प्रहरीलाई अर्को स्वर्ण दिलाउन सफल हुनुभएको हो । यस्तै मधेस प्रदेशका राजगुरु यादवले रजत र सुदूरपश्चिम प्रदेशका नरेशकुमार चौधरीले कांस्य जित्नुभयो ।

महिला ७६ केजी तौल समूहमा नेपाल पुलिसकी पूजा कुमालले स्वर्ण जित्नुभयो । उहाँले स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७० गरी कूल एक सय ७१ केजी भारवहन गर्दै स्वर्ण जित्नुभएको हो ।

यस्तै गण्डकीकी सरस्वती गुरुङले रजत र नेपाल पुलिसकै सजना थिङ लामाले कांस्यपदक प्राप्त गर्नुभयो । महिला ८१ केजी तौल समूहको स्वर्ण नेपाल पुलिसकी तारादेवी पुनले जित्नुभयो । सोही तौल समूहमा एपिएफकी अञ्जली श्रेष्ठले रजत र सुदूरपश्चिमकी चम्फाकुमारी ठकुल्लाले कांस्य प्राप्त गर्नुभयो ।

नेपाल प्रहरीकी जुनमाया छन्त्यालले महिला ७१ केजी तौल समूहमा राष्ट्रिय रेकर्ड कायम गर्दै स्वर्ण जित्नुभयो । जुनमायाले स्न्याचतर्फ ७८ केजी भारवहन गर्दै आफ्नै रेकर्ड भङ्ग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कूल एक सय ६७ केजी उठाउँदै स्वर्ण प्राप्त गर्नुभएको हो । यस्तै एपिएफकी सरिता लामाले रजत र नेपाल पुलिसकी सरस्वती पुरीले कांस्य जित्नुभयो ।

महिला ६४ केजीतर्फ त्रिभुवन आर्मीकी शारदा चौधरीले स्वर्णपदक जित्नुभयो । नेपाल पुलिसकी राजलक्ष्मी थापा रजत र आर्मीकी प्रशंसा पुनले कांस्यपदक जित्नुभएको नेपाल भारत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ ले जानकारी दिनुभयो ।

कात्तिक २ गते सकिने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कूल १०र१० इभेन्टमा खेल भएको हो । प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कूल एक सय ७२ जना खेलाडीले भाग लिएका छन् । रासस