२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न आयुक्त थपलियाको आग्रह



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगको आग्रहमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले आज सञ्चारकर्मीलाई आयोजना गरेको भर्चुअल तालिममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले सञ्चारमाध्यम स्वनियमन र स्वनियन्त्रित हुनुपर्नेमा आयोगले जोड दिँदै आएको उल्लेख गर्नुभयो ।

उहाँले आयोगले निर्वाचन आचारसंहितामा पहिलो पटक मिथ्या सूचना, दुष्प्रचार र द्वेशपूर्ण अभिव्यक्तिलाई व्याख्या गरी त्यसको नियमनको प्रबन्ध गरेको जनाउँदै आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई नियन्त्रण नभइ नियमन गराउन खोजेकाले यसमा सबैको साथ आवश्यक रहको जनाउनुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको निष्ठा र स्वच्छता कायम गर्न तथा निर्वाचनसम्बन्धी सूचनालाई व्यवस्थितरुपमा सहजीकरणका लागि आयोगमा प्रेस कार्यालयको स्थापना गरी काम भइरहेको बताउनुभयो ।




भर्खरै