२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौंँ राष्ट्रिय खेलकुदः एक सय ७३ स्वर्णसहित आर्मी अग्रस्थानमा



स्वर्ण पदक देखाउँदै त्रिभुवन आर्मी क्लबका खेलाडी ।
अ+ अ-

गण्डकी । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तिमचरणमा आइपुग्दा विभागी टिम नेपाल आर्मी एक सय ७३ स्वर्णसहित अग्रस्थानमा छ । लगभग सबै पदकको छिनाफानो हुने क्रममा आर्मीले एक सय ३७ स्वर्णसहित कूल तीन सय ६९ पदक हात पारेको हो ।

नवौंँ राष्ट्रिय खेलको दोस्रो स्थान एपिएफले सुरक्षित गरेको छ । एपिएफले ६२ स्वर्णसहित दुई सय १८ पदक हात पारेको छ भने नेपाल पुलिस ६१ स्वर्णसहित एक सय ९३ पदक जित्दै तेस्रो स्थानमा छ ।

त्यस्तै आयोजक गण्डकी ३२ स्वर्णसहित एक सय १९, बागमती २२ स्वर्णसहित एक सय ४२, प्रदेश नं १ः १० स्वर्णसहित ८३, सुदूरपश्चिम १० स्वर्णसहित ६३, एनआरएनए १० स्वर्णसहित २६, लुम्बिनी सात स्वर्णसहित ६८, मधेश पाँच स्वर्णसहित ३९ र कर्णालीले दुई स्वर्णसहित १८ पदक हात पारेको छ ।

नवौंँ राष्ट्रिय खेलकुदको भव्य समारोहकाबीच आज समापन गरिँदैछ । असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गर्नुभएको प्रतियोगिताको प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गर्न लागिएको हो ।