२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति ९ बजेपछि देउसी भैलो खेल्न रोक



अ+ अ-

नेपालगञ्ज । बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

“अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ”, उहाँले भन्नुभयो । प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेला हुने चोरी र सम्भावित अपराध तथा दुर्घटना रोक्न एकीकृत सुरक्षा योजना लागू गरिएको उल्लेख गर्दै त्यसका लागि प्रहरी परिचालन भएको बताउनुभयो । उहाँले ‘रातभर देउसी, भैलो खेल्दा सार्वजनिक शान्ति भङ्ग हुने खतरा हुनसक्ने भएकाले गम्भीर प्रकृतिका घटना हुनसक्ने भन्दै शान्तिसुरक्षा कायम गर्न देउसी, भैलोमा समय निर्धारण गरिएको उल्लेख गर्नुभयो ।

तिहारको समयमा दियो, मैनबत्ती, पाला बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटना घट्नसक्ने भएकाले सोतर्फसमेत सचेत रहन प्रहरीले अनुरोध गरेको छ । जिल्लाभर पटाकालगायत प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा पड्काउनसमेत प्रहरीले रोक लगाएको छ ।