२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा नेपाल–जर्मन मार्ट



अ+ अ-

काठमाडौँ । काठमाडौँ स्थित जर्मन दूतावासमा ‘नेपाल–जर्मन मार्ट–२०२२’ मेला सुरु भएको छ । आजदेखि सुरु भएको दुईदिने मेलाको नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले उद्घाटन गर्नुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल र जर्मनीबीचको व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको मेलामा नेपाल र जर्मनीका उत्पादनहरूका साथै खाना र संस्कृतिको प्रदर्शन भइरहेको छ । नेपाल–जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनजीसीसीआई)ले जर्मन दूतावास काठमाडौँको सहकार्यमा प्रदर्शनी आयोजना गरेको हो ।

 

जर्मन राजदूत डा प्रिन्जले भन्नुभयो, “कोभिडका कारणले दुई वर्षदेखि अवरुद्ध भएको द्विपक्षीय व्यापारमा सकारात्मक विकासलाई निरन्तरता दिने हाम्रो उद्देश्य रहेको छ ।”

नेपाल र जर्मनीका ४० कम्पनीको सहभागिता रहने प्रदर्शनीमा जलविद्युत्, अटोमोबाइल र पर्यटन क्षेत्रका कम्पनीका स्टलहरू रहेका छन् । साथै गलैँचा, फेल्ट, हस्तकला आदिका ‘स्टल’ रहेका छन् । नेपाली तथा जर्मन खाद्य तथा पेय पदार्थका स्टलसमेत राखिएको छ । मेलामा सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिने जनाइएको छ ।

प्रदर्शनीको लक्ष्य नेपाल र जर्मनीबीच सहकार्यको निम्ति आधार निर्माण गरी द्विपक्षीय आर्थिक सम्बन्धमा योगदान पु¥याउने रहेको छ । मेलामा करिब आठ सय जना प्रत्यक्ष र भर्चुअल प्रदर्शनीमा लगभग सात हजारले भाग लिने आयोजकको दाबी छ । रासस