११ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकबाट एमआरआर ग्रुप निष्क्रिय



अ+ अ-

काठमाडौँ । फेसबुकको संचालक मेटाले नेपालको चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई निष्क्रिय बनाएको छ । कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै कम्पनीले सो ग्रुपलाई निष्क्रिय बनाएको जनाएको छ । यद्यपि कुन पोस्ट र कमेन्टले कम्युनिटी गाइडलाइन्स भायलेन्स भएको भन्ने बारेमा मेटाले केही जनाएको छैन ।

एमआरआरले युवाका सरोकार र रमाइला प्रसंगमा रुचि राख्ने गर्दथ्यो । तर पछिल्ला दिनमा सो ग्रुप राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि निर्वाचनको मुखमा निष्क्रिय बनाइएको अनुमान गरिएको छ ।

निर्वाचन आयोगले मेटा कम्पनीका प्रतिनिधिहरुसँग आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा घृणा फैलाउने खालका पोस्ट रोक्ने विषयमा छलफलसमेत गरेको थियो । सोही विषयलाई लिएर सो ग्रुपलाई निष्क्रिय बनाइएको आकलन गरिएको छ ।

एमआरआर ग्रुपले गत स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन्द्र ९बालेन० साहलाई जिताउन सक्रिय भूमिका निर्वाह गरेको थियो । सो ग्रुपमा ठूलो संख्यामा युवाहरु समावेश छन् । आगामी निर्वाचनमा पनि ती युवाहरुमार्फत एमआरआरले निर्वाचनलाई प्रभावित पार्न सक्ने अनुमान आयोगले गरेको छ ।