२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला घटना: नेपालले भारतलाई पठायो कूटनीतिक नोट



अ+ अ-

काठमाडौँ । दार्चुला घटनामा नेपाली बालकको मृत्यु भएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा बनाउने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङका नौ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो ।

परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारतलाई आइतबार कूटनीतिक नोट पठाएको हो । गृह मन्त्रालयले कूटनीतिक नोट पठाउन शनिबार नै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो । तर घटनाको विस्तृत रिपोर्ट नआएका कारण आइतबार मात्र कूटनीतिक नोट पठाइएको हो ।

मन्त्रालयले नोटमा पीडितलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको छ । साथै अन्तर्राष्ट्रिय सिमानामा यस्ता गतिविधि गर्दा नेपाली पक्ष र सम्बन्धित स्थानीय प्रशासन र बासिन्दालाई अगाडि नै जानकारी दिन अनुरोध गरिएको छ ।

भारतीय पक्षले माग्यो माफी

भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले विस्फोटबाट बालकको मृत्युप्रति गल्ती स्वीकार्दै मृतक परिवारलाई १० लाख भारु राहत उपलब्ध गराएको छ ।

धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा उछिट्टिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो ।