२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

समन्वय परिचालन उपसमितिमा सदस्य मनोनयन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न मङ्सिरमा हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली जनसम्पर्क समिति भारत समन्वय परिचालन उपसमितिमा सदस्य मनोनयन गरेको छ । कांग्रेसले मङ्सिर ४ गने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गठित उक्त समितिमा भारतका विभिन्न सात क्षेत्रलाई समेटेर तीन सय ६० सदस्य मनोनित गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समिति का संयोजक गोपालमान श्रेष्ठले नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य एवं केन्द्रीय परिचालन समितिका सदस्य बालकृष्ण पाण्डेको संयोजकत्वमा गठन गर्नुभएको नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नेपाली जनसम्पर्क समिति भारत समन्वय परिचालन उपसमितिमा तीन सय ६० सदस्यहरु मनोनयन गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा उत्तर भारत, पश्चिम उत्तर भारत, पश्चिम भारत, दक्षिण पश्चिम भारत, दक्षिण भारत, पूर्वोत्तर क्षेत्र र मध्य भारत क्षेत्र समेटिएर सदस्य मनोनित गरेको जनाइएको छ ।