२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीद्वारा त्रिपुरेश्वस्थित महादेव मन्दिर दर्शन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गर्नुभएको छ ।

बुधवार बिहान अध्यक्ष ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गर्नुभएको हो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व अध्यक्ष ओलीले महादेव मन्दिरको दर्शन गर्नुभएको छ ।

नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिँदै काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणलाई चुनावी एजेण्डा बनाएसँगै ओलीले संस्कृति सम्पदाको अवलोकन एवं दर्शनका लागि त्रिपुरेश्वर महादेव मन्दिर पुग्नुभएको बताइएको छ ।

यसअघि गत साउन १६ गते अध्यक्ष ओलीले पशुपतिको गंगा आरतीमा सहभागिता जनाउनुभएको थियो ।