९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डिगोको मुम्बई–काठमाडौँ पुनः उडान, नेपाल एयरलाइन्सको उडान कहिले ?



अ+ अ-

काठमाडौँ I कोभिड–१९ महामारीका कारण स्थगित रहेको भारतको मुम्बईबाट काठमाडौँ गन्तव्यमा सिधा हवाई उडान पुनः सञ्चालनमा आउने भएको छ । कोभिड सङ्क्रमणदर घटेसँगै मुम्बई–काठमाडौँ उडान सञ्चालन हुन लागेको हो । 

भारतको निजी क्षेत्रको वायुसेवा प्रदायक इन्डिगो एयरले फागुन १८ ९मार्च २० देखि मुम्बईबाट काठमाडौँ उडान गर्ने गरी मिति तोकेको छ । कम्पनीले सातामा तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान गर्नेछ । उक्त कम्पनीले हालै दिल्ली–काठमाडौँ रुटमा दैनिक एक उडान सञ्चालन गरिरहेको छ । 

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि काठमाडौँ–मुम्बई रुटमा छिट्टै पुनः उडान सञ्चालन गर्ने तयारी गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले काठमाडौँ–मुम्बई गन्तव्यमा उडान सञ्चालनका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “इन्डिगो एयरले उडान पुनः सञ्चालन गर्ने भएछ, हामी ९नेपाल एयरलाइन्स०ले पनि यो गन्तव्यमा उडानका लागि हाम्रोतर्फबाट सबै तयारी गरेका छौँ, भारतीय पक्षले उडान अनुमति दिनासाथ पुनः उडान सञ्चालन गर्नेछाै।” 

मुम्बई गन्तव्यमा कोभिड महामारीपूर्व नेपाल एयरलाइन्सले नियमित उडान गरिरहेको थियो । कोभिडको तेस्रो लहर सुरु हुनुअगावै उडानको तयारी गरिएको भए पनि महामारीका कारण उडान योजना स्थगित भएको थियो । महामारीकै अवधिमा एयर बबल सम्झौताअनुरूप नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाले नियमित उडान सञ्चालन गर्दै आएका थिए । 

नेपाल एयरलाइन्सले भारतका तीन गन्तव्य नयाँदिल्ली, मुम्बई र बेङ्लोरमा सिधा उडान गर्दै आए भए पनि कोभिड महामारीका कारण दुई वर्षदेखि मुम्बई र बेङ्गलोर गन्तव्यमा उडान गर्न पाएको छैन । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । रासस