२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको कटाक्ष– हिजो रेलको कुरा गर्दा विरोध गर्नेहरू अहिले एमालेलाई पछ्याउदै छन् (भिडीयोसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो रेलको कुरा गर्दा विरोध गर्नेहरू अहिले एमालेलाई पछ्याउदै छन् भन्दै कटाक्ष गरेका छन् ।

काठमाडौंको क्षेत्र नम्बर १ मा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले आफ्नो पार्टीको सरकारले रेलको कुरा गर्दा मजाक गर्नेहरू आफ्नो चुनावी घोषणापत्रमा रेल देखाउन बाध्य भएको टिप्पणी गरेका हुन् ।

ओलीले जनकपुरमा एमाले सरकारले ल्याइदिएको रेल चढ्न अहिले कांग्रेस–माओवादीका घरपरिवार आतुर बनेको बताए । उनले भने, ‘परराष्ट्रमन्त्री चाइना गएर रसुवा–काठमाडौं रेलको डिटेल सर्भेका लागि सम्झौता गरेर आउनुभयो । त्यो हाम्रो योजना हो । चाहिँदो रहेछ त । हामीलाई पछ्याउनुभयो त । रेलको कुरा गर्दा मजाकमा उडाउनेहरू अहिले आफ्नो घोषणापत्रमा रेलको थुतुनो नदेखाई बेच्न नसक्ने भए । अहिले जनकपुर जाँदा रेल नचढेर धरै छैन । एमाले सरकारको पालामा लिक बनाइयो, रेल किनियो, ल्याइयो, चलाइयो । त्यो रेल एक पटक चढाउन भनेर घरघरमा दबाब दिन थाल्या छन् । खासगरी, कांग्रेस र माओवादीका घरपरिवारले एमाले सरकारले ल्याएको त्यो रेल एक पटक हेर्नैपर्यो भनेर घरपरिवारले हुरुक्क पारेका छन् । म चुनावतिर लागौँ कि तिमीहरूलाई रेल चढाउन लगौँ भन्ने स्थिति छ । म आफैँ पनि त्यो रेल चढेँ । कति छिटै सुटुक्क पुर्‍यायो ।’

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको घरैछेउ ट्रान्समिसन लाइन राखेर आफ्नो पार्टीको सरकारले ठाउँ नै बिजुलीले झलमल पारिदिएको बताएका छन् ।