२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी ‘वाचा पत्र’ सार्वजनिक- पूर्णपाठ सहित



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले यहि मंसिर ४ गते हुने आसन्न निर्वाचनको लागि चुनावी ‘वाचा पत्र’ सार्वजनिक गरेको छ ।

चुनावका ‘वाचा पत्र’ सार्वजनिक गर्ने क्रममा पार्टी अध्यक्ष रवि लामिछानेले आफुहरु संसदमा जान तम्तयार भएर बसेको बताएका छन् । उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए ।

लामिछानेले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको दाबी समेत गरे । जसले देशका बेथिति अन्त्य गर्न सक्छ उसैमा आफ्नो पार्टीलाई बिलीन गरिदिने उनले बताए ।

उनले आफू देशदौडाहामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको बताएका छन । र यि मागहरु पूर्ति गर्न आफू तम्तयार रहेको विश्वस्त पारेका छन् ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/11/bacha-patra-swatantra-party.pdf” title=”bacha patra swatantra party”]