२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाइँ लगाउने चलन हराउँदै



अ+ अ-

गलेश्वर । म्याग्दीका ग्रामीण क्षेत्रमा परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ ।

कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्नेक्रम बढेपछि परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने चलन लोप हुने अवस्थामा पुगेको हो । पछिल्लो १० वर्षयता धान स्याहार्न हाते ट्र्याक्टर, ट्र्याक्टर र थे्रेसरको प्रयोग बढेको छ ।

यसले धान स्याहार्ने बेलामा प्रयोग हुने परम्परागत प्रविधि र परम्परागत प्रचलन लोप हुने अवस्थामा पुगेको स्थानीय किसानले बताएका छन् । केही दशकअघिसम्म जिल्लाको अधिकांश स्थानमा धान पराल स्याहार्न मानिस र गोरुको प्रयोग हुँदै आएको थियो । धान झाटेर बाँकी रहेका धान झार्न र पराल माड्न गोरुबाट दाइँ लगाउने प्रचलन थियो ।

अहिले दाइँ लगाउने प्रचलन हराउँदै गएको बेनी नगरपालिका–२ का बेदप्रसाद उपाध्यायले बताउनुभयो । “दश वर्षअघिसम्म गोरुको सहायताले दाइँ लगाउने चलन थियो उपाध्यायले भन्नुभयो, “पराल र धान स्याहार्न मान्छे हुन्थे, अहिले धान झार्न र पराल माड्न थ्रेसरको प्रयोग बढेको छ ।” पराल माड्न ९मेह० मियो बनाउने र त्यसैमा आठ÷दश वटा गोरु घुमाउने चलन थियो ।

पहिले धान पाक्नासाथ धान काटेर मुठा बनाई झाँट्ने, गोरु धपाउँदै, पराल माड्दै, परालको भारी बनाउन मान्छेको भीड हुन्थ्यो । अहिले मानिसले गोरुसमेत पाल्न छाडेकाले दाइँ हाल्ने परम्परामा कमी आएको किसानको भनाइ छ । पहिले हरेक घरमा कृषि कामको सहायताका लागि गाईगोरु पाल्ने चलन थियो तर अहिले उक्त चलन हराउँदै गएको मालिका–३ बेलीका किसान कृष्ण विकले बताउनुभयो । “केही वर्षअघिसम्म मान्छे र पशुको सहायताले हुने कृषि काम गरिन्थ्यो अहिले कृषि यन्त्रको प्रयोग बढेको छ”, उहाँले भन्नुभयो ।

गाउँ छिटो र सजिलोका लागि जोत्नका लागि ट्र्याक्टर, सडकको पहुँच नपुगेको स्थानमा हाते ट्र्याक्टरको प्रयोग बढेको छ । धान झाँट्न र दाइँ गर्न एकैचोटी हुने भएकाले थ्रेसरकै प्रयोग गर्ने किसानको सङ्ख्या बढेको छ ।

जिल्लाको ज्यामरुककोट, रत्नेचौर, अर्मन, पुलाचौरलगायतका ठाउँका किसानले ट्र्याक्टर र थ्रेसरको प्रयोग गर्दै आएको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । श्रम, पैसा र समयको बचत हुने भएका किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्दै आएका छन्, कृषि यन्त्रमा स्थानीय, प्रदेश र सङ्घीय सरकारलेसमेत अनुदान दिँदै आएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । कृषिमा आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै जाने हो भने केही वर्षभित्रै जिल्लामा गोरुको सहायताले दाइँ गर्ने प्रचलन हराउँदै जानसक्ने बताइएको छ ।