२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारलाई गाउँ छिर्न रोक



अ+ अ-

सर्लाही । सर्लाहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पर्ने कौडेना गाउँपालिका ३ का स्थानीय बासिन्दाले ‘नो रोड नो भोट’ भन्दै उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् ।

आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरि दलहरुले प्रचार प्रसार गर्न थालेपछि युवाहरुले उम्मेदवारलाई गाउँ छिर्न रोक लगाएका हुन् । उनीहरुले हुलाकी राजमार्गमा ढाट राखेर र टायर बालेर नाराबाजी गर्दै प्रदर्शनसमेत गरेका छन् ।

हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । प्रदर्शनको नेतृत्व गरेका कौडेना गाउँपालिका–३ का वडाध्यक्ष पचु चौधरी कल्वारले नेता र नेतृत्वबाट पटक पटक धोका भएको तथा गाउँमा राम्रो सडक नबनेकाले विरोध गर्नु परेको बताउनुभयो । उहाँले प्रदर्शनको नेतृत्वसमेत गर्नुभएको छ ।

हुलाकी राजमार्गलाई कालेपत्रे नगरिएकैले धुलोले स्थानीय बासिन्दामा स्वास्थ्य समस्या देखिएको उहाँको भनाइ थियो ।

सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट नेपाल समाजवादी पार्टीका कार्यकारी अध्यक्ष महिन्द्रराय यादव, लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो, नेकपा(एमाले) का राजनारायण साहसहित १७ जना चुनावी मैदानमा छन् ।