२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका स्तब्ध



अ+ अ-

एजेन्सी । अष्ट्रेलियामा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले हार ब्यहोरेको छ छ ।

एडिलेटमा आइतबार भएको खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएको हो । नेदरल्यान्ड्सले दिएको १ सय ५९ रनको लक्ष्यसहित जवाफि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि रिली रस्सोले २५ रन जोड्दा हेन्रिच क्लासेनले २१ तथा कप्तान टेम्बा बाभुमाले २० रन बनाए भने डेभिड मिलर र एडिन मार्क्रमले समान १७–१७ रन बनाए ।

नेदरल्यान्ड्सका ब्राण्डोन ग्लोभरले ३ तथा बास डी लिड र फ्रेड क्लासेनले २–२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो ।

नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले अविजित रहदै ४१ रन जोडे । यस्तै, स्टेफान ब्रोघले ३७ रन, टम कुपरले ३५ रन तथा म्याक्स ओडोडले २९ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले २ तथा एन्रिच नोर्किया र एडिन मार्क्रमले १–१ विकेट लिए । नेदरल्यान्ड्ससँगको हारसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा लगभग समाप्त भएको छ ।

दक्षिण अफ्रिका ५ खेलमा ५ अंक जोडेर समूह २ को दोस्रो स्थानमा छ । यस समूहबाट ६ अंक जोडेर भारत सेमिफाइनलमा पुगिसकेको छ भने दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा पाकिस्तान र बंगलादेशबीचको खेलले निर्धारण गर्नेछ ।