२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । पाकिस्तान अष्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएको हो । बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा (११ बल बाँकी छँदै) ५ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानको जितमा मोहमद रिजवानले ३२ रन जोड्दा मोहमद हरिसले ३१ रन बनाए । यस्तै, कप्तान बाबर आजमले २५ तथा शान मासुद २४ रनमा अविजित रहे ।

बंगलादेशका शकिब अल हसन, मुस्ताफिजुर रहमान, एबाडोट होसेन र नसुम अहमेदले १–१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन जोड्यो ।

बंगलादेशका लागि नाजमुल होसेन शान्टोले ५४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, आफिफ होसेन २४ रनमा अविजित रहँदा सौम्य सरकारले २० रन जोडे ।

पाकिस्तानका शाहिन अफ्रिदीले ४ विकेट लिए । यस्तै, शादब खानले २ तथा हरि राउफ र इफ्तिखार अहमदे एक–एक विकेट लिए ।

जितसँगै पाकिस्तानले समूह २ बाट शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । बंगलादेश ४ अंक जोडेर बाहिरिएको छ । यस समूहबाट भारतले पनि सेमिफाइनलमा स्थान बनाएको छ भने दक्षिण अफ्रिका पनि बाहिरिएको छ ।