२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता पौडेलद्वारा मतदाताको गुनासो र सुझाव लिन हटलाइन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाताको गुनासो र सुझाव लिन हटलाइन नम्बर सार्वजनिक गरेका छन् ।

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका पौडेलले मतदाताका समस्या र सुझाव सङ्कलनका लागि आइतबार हटलाइन नम्बर (९८८०२९८८०२) सार्वजनिक गरेका हुन् ।

नेता पौडेलले चुनावी घरदैलोमा प्रत्येक मतदाताकोमा जाने क्रममा कतिपय मतदाताहरू कार्य व्यस्तताले नभेटिने गरेको र उनीहरुको सुझाव र गुनासो सुन्न नपाएकाले सुझाव र गुनासो सुन्न हटलाइन नम्बर सुरु गरिएको जानकारी दिए ।

“हटलाइनबाट आएका गुनासो र सुझाव काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि मार्गदर्शन बन्नेछ, त्यहीँ गुनासो र सुझावलाई आत्मासाथ गर्दै अगाडि बढ्नेछु”, नेता पौडेलले भने ।

सार्वजनिक हटलाइन नम्बरमा नेता पौडेलसहित काठमाडौँ क्षेत्र नं ५ को प्रदेश सभातर्फका उम्मेदवारलाई मतदाताले आफ्नो क्षेत्रको समस्या र सुझाव रेकर्ड गर्न सक्ने बताइएको छ ।

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ प्रदेश (१)मा भैरव सापकोटा र प्रदेशसभा (२) मा श्यामबहादुर खड्का उम्मेदवार बनेका छन् ।