२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओली आज झापा जाँदै, ‘सेल्फी विथ केपी बा’ कार्यक्रम बुधबार



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । झापामा अध्यक्ष ओली निर्वाचनसम्बन्धी विभिन्न कार्यक्रममा व्यस्त हुनुहुने छ ।

अध्यक्ष ओली झापामा आयोजना हुने चुनावी सभा, भेला, कार्यकर्ता भेटघाट लगायत कार्यक्रममा सहभागी हुनुहुने छ ।

अध्यक्ष ओली आज झापा निर्वाचन क्षेत्र नं. २ को सालवाडी शनिश्चरेमा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनुहुने नेकपा (एमाले) का पोेलिटव्यूरो सदस्य तथा अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नं. ५ का निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले बताउनुभयो ।

झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका अध्यक्ष ओलीसँग साँझ दमकमा सहकारीकर्मीहरुको भेटघाट कार्यक्रम रहेको छ ।

यसैगरी भोलि कात्तिक २३ गते दमकमा आयोजना हुने वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी भई अध्यक्ष ओलीले विभिन्न दलका कार्यकर्ता लगायतलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले कात्तिक २४ गते दमकमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेश–१ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने नेता दाहालले जानकारी दिनुभयो ।

‘सेल्फी विथ केपी बा’राष्ट्रिय राजनीतिका शिखर व्यक्तित्व ओली बालबालिकादेखि बृद्धबृद्धासम्म अत्यन्त लोकप्रिय हुनुहुन्छ । अध्यक्ष ओली जहाँ पुग्नुहुन्छ त्यहाँ उहाँसँग तस्वीर खिचाउनेको घुइँचो लाग्ने गर्छ ।

यस पटक झापामा निर्वाचन प्रचार प्रसारका कार्यक्रममा व्यस्त रहँदा रहँदै पनि अध्यक्ष ओलीसँग तस्वीर खिचाउन पाएनौं भन्ने बालबालिका, युवा, किशोरकिशोरी, बृद्धबृद्धा र सर्वसाधारण नागरिकको गुनासोलाई सम्बोधन गर्दै अध्यक्ष ओलीसँग तस्वीर खिचाउनका लागि समय नै छु्ट्याइएको छ ।

बुधबार अध्यक्ष ओलीसँग तस्वीर खिचाउन चाहनेहरूका लागि ‘सेल्फी विथ केपी बा’ कार्यक्रम राखिएको छ । दमकस्थित फन पार्कमा अपरान्ह ४ बजेदेखि राखिएको कार्यक्रममा अध्यक्ष ओलीसँग सबैले सेल्फी खिच्न पाउनुहुने छ ।

खासगरी युवकयुवती, किशोरकिशोरीको अत्यधिक माग आएपछि यो कार्यक्रमको आयोजना गरिएको निर्वाचन परिचालन कमिटीका संयोजक नेकपा ९एमाले० का नेता दाहालले जानकारी दिनुभयो ।