२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा चाल्र्समाथि अण्डा प्रहार, एक जना पक्राउ



अ+ अ-

लन्डन । योर्क शहरको भ्रमणमा रहेका बेला राजा चाल्र्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ । राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ ।

राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले “यो देश दासको रगतले बनेको हो,” नारा लगाएका थिएभने भीडले “भगवान्ले राजालाई बचाऊन् नारा लगाएको थियो । राजा चाल्र्स नाराबाजीबाट प्रभावित हुनभएन बरू उहाँ ‘फुटपाथ’मा छरिएका अण्डाका वरिपरि घुमिरहनुभयो । राजा चाल्र्स रानी क्यामिलासहित आफ्नी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयको मूर्ति अनावरण गर्न योर्क भ्रमणमा हुनुहुन्थ्यो ।

यसअघि महारानी एलिजाबेथको मृत्यु भएको केही दिनपछि स्कटल्याण्डको एडिनबरामा एक जना प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । उनले ‘राजतन्त्रको अन्त्य गर,’ लेखिएको ‘प्लेकार्ड’ बोकेर राजा चाल्र्सको विरोध गरेका थिए । बेलाइतका राजा राज्यको प्रमुख रहेका धेरै स्थानमा यदाकदा राजपरिवार र राजसंस्थाको विरोध भएको छ । सन् १९८६ मा न्युजिल्यान्डको राजकीय भ्रमणमा रहेकाबेला महारानी एलिजाबेथमाथि एक महिलाले अण्डा प्रहार गरेकी थिइन् ।