२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाता शिक्षा कार्यक्रम तत्काल सञ्चालन गर्न दुई पालिकालाई निर्देशन



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले सिराहका दुई पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा सुखीपुर नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।

आयोगले दुवै नगरपालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको भए यथाशीघ्र सञ्चालन गरी पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा जानकारी गराउन शुक्रबार निर्देशन दिइएको छ ।

संविधानको धारा २४७ मा आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउने व्यवस्था भएको आयोगको भनाइ छ ।