२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः युनाइटेड र एस्टन भिल्लाको जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा युनाइटेडले फुलहमलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो ।

खेलको १४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । ६१ औं मिनेटमा ड्यानियल जेम्सले गोल गर्दै फुलहमलाई १–१ को बराबरीमा ल्याए । खेल सकिनै लाग्दा ९०.३ मिनेटमा एलेजान्ड्रो गार्माचोले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।

जितसँगै युनाइटेड १४ खेलमा २६ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । १५ खेलमा १९ अंक जोडेको फुलहम नवौं स्थानमा छ ।

यस्तै, आइतबार राति नै भएको अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ गोलले हरायो । एस्टन भिल्लाको जितमा दुबै गोल ड्यानी इंग्सले गरे भने ब्राइटनका एलेक्सिस एलिस्टरले एक गोल फर्काए । १४ खेलबाट २१ अंकसहित ब्राइटन सातौं स्थानमा तथा १५ खेलबाट १८ अंकसहित एस्टन १२ औं स्थानमा छन् ।