२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनले जनता झुक्याउनका लागि मात्रै घोषणापत्र ल्याएः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनमा आवद्ध दलका चुनावी घोषणापत्रको आलोचना गरेका छन् ।

सोमबार चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धनले जनता झुक्याउनका लागि मात्रै घोषणापत्र ल्याएको टिप्पणी गरेका हुन् ।

यस्तै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्दै ओलीले एमालेले गर्ने काम घोषणापत्रमार्फत प्रष्ट भनिसकेको बताए ।

ओलीले भने, ‘चुनावपछि पनि गठबन्धन रहन्छ रे । सबैले बेग्लाबेग्लै घोषणापत्र ल्याएका छन् । एउटा भन्छ गणतन्त्र नभई हुँदैन अर्को गणतन्त्र सुन्नै मान्दैन ।’

ओलीले देश बनाउने एमालेको घोषणापत्र मात्रै भएको जिकिर समेत गरे । गठबन्धन सरकाले ध्वस्त पारेको अर्थतन्त्रलाई एमालेको नेतृत्वमा सरकार बनेपछि उकास्ने ओलीको भनाई छ ।