२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले नै हामीले जिताउँछौँ, प्रधानमन्त्री बन्नुस् भनेका छन्ः प्रकाशमान सिंह



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताउनुभएको छ ।

बुधवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताएको जानकारी दिनुभयो । उहाँले विगतका चुनावमा भन्दा यस पटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै आफूले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरु उल्लेख्य गरेको बताउनु भयो ।

उहाँले जनताले काठमाडौं, १ मा खानेपानीको समस्या समाधान गर्नेकुरा पहिलो माग राखेको बताउनु भयो । गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाको विकास गर्न पनि मतदाताले माग गरेको बताउनु भयो । उहाँले आसन्न निर्वाचनमा जित हाँसिल गरेपनि आफ्नो पहिलो काम खानेपानीको समस्या समाधान गर्ने र सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा समानता ल्याउने रहेको बताउनु भयो । शिक्षामा समानताका लागि संघीय शिक्षा ऐन बनाउँदा जोड दिनेपनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चौथो पटकको चुनाव भिड्न लागिरहेको बेलामा मलाई जनताले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । मलाई के भन्नुभएको छ भने हामीले चुनेर पठाएर तपाई उपप्रधानमन्त्रीसम्म बन्नुभयो, हामी फेरि पनि चुन्छाँै, तपाई प्रधानमन्त्री हुनुप¥यो भनिरहेका छन् । अधिकांशले भनेका छन् । यो निर्वाचन क्षेत्रको विकास निर्माणको काम गर्ने हो भने समुदायलाई हुने, टोललाई हुने सबै कामहरुमा हामीले बाटोदेखि, गल्लीहरु ढुंगाले छापेका छौँ,मेन रोड पिच भइसकेका छन्, ५ वर्षअघि बाटोहरु खराब थिए ।’

‘यसअघि घरदैलोमा जाँदा किन भोट दिने भनेर गाली गर्थे । तर यसपटक सबैले समर्थन गरेका छन् । खानेपानी कहिले भनिरहेका छन् । स्वास्थ्य, शिक्षाको सेवा राम्रो हुनुपर्छ भन्ने छ । शिक्षाको गुणस्तरमा समानता ल्याउन हामी हेर्नेछाँै । सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा फरक भएकाले अब समान बनाउने काम हामी गर्नेछौँ । संघीय शिक्षा ऐन बनाउँदा त्यसमा हामी बढी जोड दिनेछौँ । १६ रोपनी भन्दा बढी सार्वजनिक जग्गा हडपेर उपभोग गरेकोबाट फर्काएर बानश्वर एक नम्बर निर्वाचन क्षेत्रमा १५ वटा पार्क बनाउने छौँ । पार्क, भवन, ओपन जिम बनाउनेछौँ ।’

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रमा भएका सार्वजनिक जग्गाहरु अनाधिकृत रुपमा प्रयोग भएकाले त्यसलाई फर्काएर सानो खेलग्राम र पार्कहरु बनाउने बताउनु भयो । नेता सिंहले संवैधानिक निकायहरुमा राजनीतिकरण हुनु नहुने भन्दै योग्य व्यक्ति चुन्नुपर्ने बताउनु भयो ।