काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपालले क्यानाडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा क्यानाडाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो ।
विश्वकप छनोट अन्तर्गत नेपालले क्यानाडाविरुद्धको जित सेमिफाइनलको यात्रा तय गर्ने योजनामा रहेको छ ।
नेपाल क्यानडाविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रनेछ । २ खेलमा ४ अंकसहित नेपाल शीर्ष स्थानमा रहेको छ भने समान खेलमा २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ ।
क्यानाडामाथि जित निकालेको खण्डमा नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ ।
यता क्यानाडा पनि नेपाललाई पराजित गरेर अन्तिम चारको सम्भावना कायमै राख्न चाहन्छ ।












