२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा



file
अ+ अ-

काठमाडौँ । बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यस वर्ष यही मङ्सिर ५ गते पशुपतिनाथमा बाला चतुर्दशी मेला लाग्ने कोषले जनाएको छ । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रमा यो मेला लाग्ने गर्छ । मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुख्यदिन मतदानको दिन भएकाले अधिकांश तयारीका काम आजै गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

यस वर्ष मङ्सिर ५ गते पशुपतिनाथलगायत देशभरका शिवालयमा दिवङ्गत पितृका नाममा बत्ती बालिन्छ । मङ्सिर ६ गते बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छरिन्छ । यसका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन् । चतुर्दशीको बिहान शतबीज छर्ने गरिन्छ ।

कोषले तयारीका लागि पशुपतिनाथको पूर्वी ढोकाअघिको बाग्मतीबाट पारि जान बाँसको अस्थायी पुल निर्माण गरेको छ । यसैगरी शतबीज मार्गमा बत्ती राख्ने काम भने ५ गते बिहानसम्म नै जारी रहने भएको छ । बत्ती राख्ने कामदारलाई पशुपति क्षेत्रमै राखिएको छ । ४ गते मतदान भएकाले आवतजावतमा समस्या हुने कारणले कामदारलाई पशुपति क्षेत्रमै राखेर तयारी गरिएको हो ।

कोषले पशुपति क्षेत्रमा पर्याप्तमात्रामा धारा र शौचालयको व्यवस्था पनि गर्ने भएको छ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरेको छ । टेन्डर नभएर रोकिएको सबै दरबन्दीअनुसारको विशेष पूजा पनि आइतबारदेखि गर्ने तयारी भएको प्रवक्ता अधिकारीले सुनाउनुभयो ।

यसअघि टेन्डर नभएको समयमा रु दुई हजार एक सय र रु तीन हजार एक सयको मात्र विशेष पूजा भएको थियो । पशुपतिनाथमा रु २५ लाखसम्म रसिद काटेर विशेष पूजा गर्ने व्यवस्था छ । ती सबै दरबन्दी अनुसारका पूजा आइतबारदेखि फेरि सुरु गर्न लागिएको हो ।




भर्खरै