२४ जेष्ठ २०८३, आईतवार
,
Latest
‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँके तीनमा मतगणना थालियो



अ+ अ-

 

खजुरा । बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा मतगणना सुरु थालिएको हो ।

बाँके क्षेत्र नंं १ र २ को मतगणना बिहान १० बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताउनुभयो । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र० बाट महेश्वरजङ्ग गहतराज, नेकपा ९एमाले० र राप्रपा गठबन्धनबाट एमालेबाट सूर्य ढकालबीच दुईपक्षीय प्रतिस्पर्धा हुनेछ ।

प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा जसपाबाट मोहम्मद इश्तियाक राई, एमाले राप्रपा गठबन्धनबाट डा धवलशमशेर राणा नेपाली कांग्रेसबाट सुदीपनरसिंह राणाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधिसभातर्फ क्षेत्र नं ३ मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसबाट किशोरसिंह राठोर, नेकपा एमालेबाट किस्मतकुमार कक्षपतिबीच प्रतिस्पर्धा हुने देखिएको छ ।