२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखराज भट्टलाई मार्ने धम्की, प्रशासनसँग सुरक्षा माग



अ+ अ-

कैलाली । नेकपा (एमाले) का सचिव तथा एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान लिने धम्की आएको छ ।

पूर्वमन्त्रीसमेत रहेको भट्टलाई उनको घरमा दुई अज्ञात व्यक्ति पुगेर ज्यान लिने धम्की दिएका हुन् । मंगलबार बिहानै गोदावरी नगरपालिका अत्तरियास्थित निवासमा घुसेर ती दुई व्यक्तिले त्यस्तो धम्की दिएका हुन् ।

निवासमा भट्ट र परिवारका कुनै पनि सदस्य नभएका बेला धम्की दिएको भन्दै नेता भट्टले प्रहरीसमक्ष सुरक्षा माग गरेका छन् ।

उनका अनुसार बिहान ८ बजेतिर आफू घर नभएको बेला ‘त्यस मन्त्रीलाई ठिक पार्छौं’ भन्दै उनीहरुले धम्की दिएका हुन् । “म धनगढीमा रहेको बेला घरमा त्यस्तो घटना भएछ, मैले प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छु”, उनले भने ।