२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइसिएल इन्चार्जको गगन माथी आक्रोश: घण्टीसँग गठबन्धन गरेर सहयात्रिहरुलाई मज्जाले हराउनुभयो



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा वाइसिएल इन्चार्ज राम प्रसाद सापकोटाले कांग्रेस महामन्त्री गगन थापामाथि राष्ट्रिय स्वतन्त्र पार्टीसंग गठबन्धन गरेर सहयात्री दललाई हराएको आरोप लगाउनु भएको छ ।

सामाजिक सञ्जालमा सपाकोटाले लेख्नुभएको छ “तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो ।”

उहाँले लेख्नुभएको छ

नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ ! हो रहेछ, तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो । तपाईलाई आगामी यात्राको शुभकामना ! हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्विकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो ।