२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा १ मा कांग्रेसका बजगाई विजयी



अ+ अ-

गोरखा । प्रतिनिधिसभा सदस्य गोरखा– १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं भारी मतान्तरले विजयी हुनुभएको छ । भर्खर सम्पन्न मतगणनामा उहाँले ३३ हजार चार सय २८ मत प्राप्त गरी प्रतिनिधिसभामा आफ्नो यात्रा तय गर्नुभएको हो ।

सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामशरण बस्नेतले १६ हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ ।

बजगाईंले एमालेका बस्नेतलाई १६ हजार छ सय ४३ मतको फराकिलो अन्तरले हराउनुभएको हो । विजयी बजगाईं वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । विसं २०७४ को प्रदेशसभाको निर्वाचनमा भने एमालेका बस्नेतसँग बजगाई पराजित हुनुभएको थियो । रासस