२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ३ हात्तीसुडे बजार क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया–५ श्रीपुर बस्ने २८ वर्षीय मोटरसाइकल चालक श्याम लामा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको अनुसार गएराति हात्तीसुँडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८प २५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको नालीमा खस्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका लामालाई उपचारको लागि हेटौंडाको चुरेहिल अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।