२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेसेडर राजेश हमाल युएईमा



अ+ अ-

काठमाडौं । इसेवा मनी ट्रान्सफर र युएईस्थित अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी लुलु एक्सचेन्जको निम्तोमा युएई पुगेका नायक राजेश हमालले युएईका लागि नेपालका राजदुत कृष्ण प्रसाद ढकालसंग भेटवार्ता गरेका छन्।

भेटका क्रममा हमालले राजदुत ढकालसंग इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश अभियानको अवधारणा र अभियानमा आफ्नो भूमिकाबारे जानकारी गराएका थिए। साथै, हमाल र राजदुत ढकालवीच वैधानिक रुपमा बैंक खाता र मोबाइल वालेटमा पठाइने डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन र प्रवर्धन गर्ने बिषयमा समेत छलफल भएको थियो।

इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियानको पूर्ण सफलताको कामना गर्नुहुँदै राजदुत ढकालले वैधानिक रेमिट्यान्सलाई बढावा दिने अभियानमा आफ्नोतर्फबाट पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हमालले दुबई र अबुधावी शहरमा रहेका लुलु एक्सचेन्जका विभिन्न शाखा तथा वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरु बस्ने क्याम्पमा गएर इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियानबारे जानकारी दिनुका साथै विदेशबाट वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र इसेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे अवगत गराएका थिए। हमाल ब्राण्ड एम्बेसेडरको रुपमा इसेवा मनी ट्रान्सफरसंग आवद्ध रहेका छन् र सक्रिय रुपमा देश तथा विदेशमा “मेरो डिजिटल देश“ अभियानको प्रवर्धनमा क्रियासिल रहेका छन्।




भर्खरै