२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशीसँग विवाह गर्ने नेपाली नागरिकका सन्तानले कसरी पाउछन् नागरिकता ?(भिडियोसहित)



अ+ अ-

काठमाडौं । विदेशीसँग विवाह गर्ने नेपाली नागरिकका सन्तानले अंगीकृत नागरिकता प्राप्त गर्नसक्ने छन् । अधिकारकर्मी एवं अधिवक्ता देचेन लामाले भन्नुभयो आफू नेपाली नै हो भन्न प्रमाणित गर्ने कागजातहरु प्रमुख जिल्ला अधिकारीलाई बुझाएपछि नागरिकता लिन सकिन्छ ।

उहाँले आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नेपालमा नै जन्म भइ स्थायी बसोवास गरेको व्यहोरा खुल्ने गरी स्थानीय तहबाट भएको सिफारिस र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको भन्ने प्रमाण पेस गरे अंगीकृत नागरिकता लिनसक्ने बताउनु भयो । उहाँले यदी आमा नेपाली नागरिक हो र बुबाको पहिचान भएको छैन भने निजबाट जन्मिएको सन्तानले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने बताउनु भयो । कालान्तरमा पिता विदेशी भएको पाए स्वतः नागरिकता अंगीकृतमा परिणत गर्नुपर्ने बताउनु भयो ।

बाबु विदेशी ठहरिएको ३५ दिन भित्रमा आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वंशजको नाताले प्राप्त गरेको नागरिकताको प्रमाणपत्रको सक्कल, निज नेपालमा बसोवास गर्दै आएको व्यहोरा खुल्नेगरी स्थानीय तहले गरेको सिफारिस, बाबु विदेशी रहेकोे व्यहोरा खुल्ने कागजात, बाबुको नामबाट विदेशको नागरिकता नलिएको भनि प्रमुख जिल्ला अधिकारी वा निजले तोकिएको अधिकृत समक्ष गरेको स्वघोषणा लगायतका कागजातहरु प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन गर्नुपर्ने प्रावधान रहेको छ ।

उहाँले भन्नुभयो, ‘नेपाली नागरिक आमा, जसले विदेशी पुरुषसँग वैवाहिक सम्बन्ध कायम गरेको छ, निजहरुबाट जन्मिएको सन्तानले अंगीकृत नागरिकता प्राप्त गर्ने प्रावधान र कार्यविधि नेपाल नागरिकता दोस्रो संशोधन नियमावली २०७८ सालमा जुन दोस्रोपटक संशोधन भएको छ, त्यो नियमावलीले सुनिश्चित गरेको छ । त्यसमा दफा ७ अन्तर्गत के भन्छ भने अंगीकृत नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गर्ने कार्यविधि भित्र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी नेपाली महिलाबाट जन्मिएको सन्तानले विभिन्न कागजातहरु प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन गर्नुपर्ने हुन्छ ।

जस्तै आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नेपालमा नै जन्म भइ स्थायी बसोवास गरेको व्यहोरा खुल्ने गरी स्थानीय तहबाट भएको सिफारिस र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको भन्ने प्रमाण पेस गर्नुपर्नेछ । दफा ७ मा नेपाली नागरिक आमा, जसको बाबु पहिचान भएको छैन, निजबाट जन्मिएको सन्तानले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नसक्छ । तर प्रतिवन्धात्मक वाक्यांशमा सो बाबु पछि गएर विदेशी भएको भन्ने प्रमाणित भएपछि वंशजको नागरिकता अंगीकृत नागरिकतामा परिणत हुनेछ ।

साथै नेपाल नागरिकता दोस्रो संशोधन नियमावली २०७८ को दफा ७ मा पनि त्यस्तो वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले पछि गएर परिणत गर्नुपर्ने अवस्था आएमा बाबु विदेशी ठहरिएको ३५ दिन भित्रमा आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वंशजको नाताले प्राप्त गरेको नागरिकताको प्रमाणपत्रको सक्कल, निज नेपालमा बसोवास गर्दै आएको व्यहोरा खुल्नेगरी स्थानीय तहले गरेको सिफारिस, बाबु विदेशी रहेकोे व्यहोरा खुल्ने कागजात, बाबुको नामबाट विदेशको नागरिकता नलिएको भनि प्रमुख जिल्ला अधिकारी वा निजले तोकिएको अधिकृत समक्ष गरेको स्वघोषणा यी कागजातहरु प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्ने हुन्छ ।’