काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टीको सर्वसम्मत निर्णयबाट नै एमसीसी पेश हुन दिएको दाबी गर्नुभयो ।
आईतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले यस्तो बताउनुभएको हो ।
उहाँले एमसीसीको बारेमा संसदमा विस्तृत छलफल गरेर निस्कर्ष निकालिने पनि बताउनु भयो ।
मन्त्री झाँक्रीले भन्नुभयो, ‘हिजो हाम्रो पार्टीको बैठकले के धारणा बनाएको हो भने एमसीसीमा हाम्रा धेरै असहमतिहरु छन् । त्यहाँ भएका प्रावधानहरुले राष्ट्रको हित गर्दैन भन्ने निस्कर्ष छ । त्यसो गर्दैगर्दा संशोधन गर्ने ठाएँ दुई देशबीचको एमसीसी संशोधन गर्ने पक्ष अमेरिका र नेपाल सरकारको बीचमा संशोधनको गुञ्जायस भएन भने अर्को संशोधन गर्ने ठाउँ पाल्र्यामेण्ट पनि हो । त्यहाँ ओपन छलफल गरौँ । त्यहाँ हामीलाई स्पष्ट र जनतालाई सही सूचना दिने मौका पनि हुन्छ र यसलाई टेबुल गर्न दिउँ भन्ने कुरा हाम्रो पार्टीको सर्वसम्मत निर्णय पनि हो ।’












