२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीमा निषेधाज्ञा तोड्दै विद्यार्थीको प्रदर्शन



अ+ अ-

कैलाली । धनगढीमा ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएपछि सुरु भएको आन्दोलन आज पनि विद्यार्थीले जारी राखेका छन् ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा ग्रेडरले साइकलमा विद्यालय गइरहेकी साउदलाई ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको थियो । सो क्षेत्रमा स्थानीय र विद्यार्थीहरुले चेतनालाई न्याय माग्दै प्रदर्शन गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले भने हिजो साझ देखि अर्को सूचना जारी नहुदा सम्मको लागि निषेधाज्ञा लगाएको थियो। विद्यार्थीले निषेधाज्ञामै आन्दोलन गरिरहेका छन् । उनीहरुले दोषीलाई कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।

स्थिति सामान्य नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा यथावत रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।