९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वभौम संसद्ले नै विकास सहायताबारे निर्णय गर्छ – परराष्ट्र मन्त्रालय



अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल र नेपाली जनताको हितमा कुन विकास सहायता आवश्यक पर्छ भन्ने विषयको टुंगो सार्वभौम संसदले मात्रै लगाउन सक्ने प्रस्ट पारेको छ ।

अमेरिकी सहायता परियोजना (एमसीसी) संसदमा टेबल भएपछि परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपालले अहिलेसम्म देश र नागरिकको आवश्यकता र देशको हितलाई आधार मानेर विदेशी सहायता लिइरहेको उल्लेख गरेको छ ।

एमसीसीतर्फ इङ्गित गर्दै मन्त्रालयले नेपालको राष्ट्रिय हित र प्राथमिकताका सर्तहरू हेरेर मात्रै सरकारले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको र अब यसको छिनोफानो सार्वभौमसत्ता सम्पन्न संसदले नै गर्ने मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ । 

‘नेपालले सधै स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । यो नीति अनुरुप सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा नेपालले आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।