२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे निर्वाचित



अ+ अ-

बाजुरा । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार सात सय ८६ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ ।

कांग्रेसका सहमहामन्त्री पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले०का कर्णबहादुर थापाले २६ हजार तीन ४९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । पाण्डेले एमालेका थापालाई पाँच हजार चार सय ३७ मतले पराजित गर्नुभएको हो ।

राष्ट्रियसभाका पूर्व सांसद पाण्डेले प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचन जित्नु भएको हो । उहाँ विसं २०७० मा तत्कालीन संविधानसभा सदस्य तथा २०७४ मा राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो ।

जिल्लाका कुल ८३ हजार पाँच सय ६७ कुल मतदाता मध्ये ५९ हजार सात सय ५७ मत खसेको थियो ।