२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरीमा सामूहिक बलात्कारमा संलग्न चारजना पक्राउ



अ+ अ-

विराटनगर । सामूहिक बलात्कार घटनामा संलग्न रहेका आरोपमा प्रहरीले इटहरीबाट चारजनालाई पक्राउ गरेको छ ।

मंसिर १७ गते प्रहरीमा पीडित युवतीले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले घटनामा संलग्न चारजनालाई पक्राउ गरेको हो ।

वैशाख २७ गते इटहरी १० स्थित पिपल चोक बूढीखोला किनारामा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा इटहरी १० वस्ने २५ वर्षीय विकाश चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धिरज चौधरी र वर्ष ३१ का सरोज चौधरी पक्राउ परेका छन्। उनीहरु घटना भएको ८ महिनापछि पक्राउ परेका हुन् ।

घटनाबारे कसैलाई सुनाए परिवारसमेतलाई मारिदिन्छौ भनी त्रास देखाएकाले लामो समयसम्म उजुरी गर्न नआएको पीडित युवतीले बताएकी छीन् ।