२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र पाण्डेको ‘दोहोरो पद’ अस्वभाविक: बरिष्ठ अधिवक्ता भट्टराई



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा धादिङ क्षेत्र नं १ बाट निर्वाचित सांसद राजेन्द्र पाण्डेले बागमती प्रदेशका मुख्यमन्त्रीका रुपमा पनि काम गरिरहनुभएको छ ।

यतिबेला पाण्डेले दुई ओटा पदको प्रतिनिधित्व गरिरहनुभएको छ । संवैधानिक कानूनका जानकार वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पाण्डेको यो कार्य गलत भएको बताउनुभयो । भट्टराईले न्यूजपोलारसँग भन्नुभयो, “यो मुख्यतः नैतिक कुरा हो साथै संवैधानिक हिसाबले पनि अनुपयुक्त छ ।”

प्रतिनिधिसभामा निर्वाचित भएपछि उहाँले मुख्यमन्त्री छाड्नु पर्ने उहाँको सुझाव छ । भट्टराईले भन्नुभयो, “एउटै व्यक्तिले दुई निकायको प्रतिनिधित्व गर्नु उपयुक्त हुँदैन ।”

पाण्डे नेकपा (एकीकृत समाजवादी) का तर्फबाट धादिङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।