२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारलाई संग्रौलाको प्रश्नः तपाईका नेताले ‘क्लीन चीट’ दिए नारा कसका विरुद्ध लगाउनु हुन्छ ?



अ+ अ-

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा युवराज संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अदालत प्रवेशमा अवरोध गर्ने कार्य उपयुक्त नभएको बताउनु भएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ ‘तपाईका नेताले ‘क्लीन चीट’ चोलेन्द्र जीलाई दिए । तपाईहरु ढोका रुंगेर उभिनुभएको छ । नारा कसका विरुद्ध लगाउनु हुन्छ ?’

उहाँले लेख्नुभएको छ
आदरणीय वकिल मित्रहरु,
चोलेन्द्रजीको महाअभियोगका बारेमा आफ्ना नेताज्युहरुलाई सोध्न जानुहोस। अदालतलाई बेथितिको दलदलमा हाल्ने न्यायाधीश र प्रधानन्यायाधीशलाई आफ्नो स्वार्थ अनुसार माया गर्ने र लखेट्ने नेता र उन्का झोला बोक्ने वकिलकै कारण अदालत धोस्त भयो।यस्का विरुद्ध अब जनतानै उठ्ने बेला भयो। तपाईंका नेताले क्लीन चीट चोलेन्द्र जीलाइ दिए। तपाइँहरु ढोका रुंगेर उभिनु भको छ। नारा कस्का विरुद्ध लगाउनु हुन्छ ?
विद्वान भनिने वकिलले जोकर हुनु कति ठीक ? चोलेन्द्र ठिक छ्न भन्दीन तर अदालतलाई पपेट बनाउने नेता र तिन्को चाकरी गर्ने तपाइँ कति ठीक ?