२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी क्रिकेट विश्वकप लिग टुः नामिबियाद्वारा नेपाललाई २७६ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आयोजक नामिबियाले नेपाललाई जितका लागि २ सय ७६ रनको लक्ष्य दिएको छ ।

युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा विकेट गुमाएर २ सय ७५ जोड्यो ।

नामिबियाका लागि मिचेल भान लिन्गेनले १ सय ११ बलमा १ सय १९ रनको शतकीय ईनिङ्स खेले । यस्तै, कप्तान ग्रहार्ड इरास्मसले ७६ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । जान निकोलले ४० तथा डेभेन ला ककले १८ रन जोडे ।

नेपालका लागि ललित नारायन राजवंशीले ४ विकेट लिँदा सोमपाल कामीले २ विकेट लिए । यस्तै, सागर ढकालले १ विकेट लिए ।

यस सिरिजमा नेपालसहित नामिबीया तथा स्कटल्याण्डको सहभागि छन् । नेपाल र नामिबिया तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । दुई खेल नामिबियाले जितेको छ । एक खेल भने बर्षाका कारण नतिजा बिहिन भएको छ ।

यस सिरिजको पहिलो भेटमा नेपाल र नामिबिया बीचको खेल बर्षाले प्रभावित हुँदा अंक बाडिएको थियो । यस सिरिजमा दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अंक बाडेको छ । नामिबियाले ३ खेल खेल्दा १ मा जित, १ मा हार र १ मा अंक बाडेको छ ।

सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।